आन्तरिक राजस्वका कम्प्युटर अपरेटर लामा घुससहित पक्राउ
२०७६ भदौ १७ गते

भदौ १७, काठमाडौं । आन्तरिक राजश्व कार्यालय, सिमरा, बाराका कम्प्युटर अपरेटर सुदिप लामा घुस रकम सहित पक्राउ परेका छन् ।
लामो समयदेखि कारोबार नभएको पान नं. बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस–रिसवत माग गरेको आरोपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटर लामालाई नियन्त्रणमा लिएको हो ।
घुस लिएको सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले लामालाई रु ४० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

घुस रकम सहित जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१, सिमरा बजारमा रहेको किराना पसल अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
२०७६ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








