टिकट नै बेच्न नसकेपछि काठमाडौँ–ओसाका उडान रद्द, त्रिभुवन विमानस्थलमा चोरिन्छन् यात्रुका सामान, मेलम्चीको सम्पूर्ण काम ठप्प

भदौ १९, काठमाडौँ । नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौँ–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।   

निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो । ‘कजोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने,‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ ।’ 

निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो(जेक्याब’लाई इमेल पठाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

null

त्यसैगरी आजको नागरिक दैनिकले त्रिभुवन विमानस्थलमा यात्रुको समान चोरी हुने विषयलाई समाचार बनाएको छ । नागरिक दैनिकका अनुसार त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या  फेरि दोहोरिन थालेको हो । केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन् ।   

अघिल्लो शनिबार भदौ ७ गते मलेसियाको मालिन्दो एयरबाट काठमाडौँ आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरीएको हो । सरकारी काममा इन्डोनेसिया गएर मलेसिया हुँदै फर्केको टोलीका चारवटा झोलाबाट उक्त समान हराएको सम्बद्ध यात्रुले बताए । 

आजको नेपाल समाचार पत्रले मेलम्ची खानेपानी योजनाको विषयमा समाचार लेखेको छ । सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले बुधबारदेखि आयोजनाको काम ठप्प पारी आन्दोलन थालेको हो । 

आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम छोडेर भागेपछि उसको करारमा रहेको लोकल भेन्डर, सब–कन्ट्राक्टर, स्थानीय मजदुरले भुक्तानी पाउनुपर्ने मुख्य माग समितिले राखेको छ । 

समितिले दुई महिनाअघि पनि आयोजनाको काममा अवरोध गरी आन्दोलन गरेको थियो । पछि सरकारले निर्णय गरेर उक्त समस्याको समाधान गर्ने आश्वासन पाएपछि समितिले आन्दोलनलाई स्थगित गरेको थियो । 

दुई महिनासम्म पनि मागको केही अंश पनि पूरा नगरेकाले आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *