लागु औषधसहित एक जना पक्राउ
२०७६ भदौ ८ गते

भदौ ८, चितवन । चितवनको रत्ननगर–१३ बाट लागु औषधसहित एक जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरीक्षक शेखर कुमार साहको कमाण्डमा खटिएको टोलीले लागू औषधसहित २६ वर्षिय प्रकाश सुवेदीलाई पक्राउ गरेको हो ।

सुवेदीको घरबाट गाँजा ५१० ग्राम, काटेर राखेको अवस्थामा २६ वटा गाँजाको बोट, स्टेगन ५१० ट्यावलेट, ट्रेमवेल ६२० ट्यावलेट, भि ट्रेमा पचास १० ट्यावलेट, सानो कैंची १ थान र नगद १२ हजार ६२० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
२०७६ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








