टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडरमा प्रदिप र स्वस्तिमा नियुक्त

भदौ ६, काठमाडौं । टिभिएस मोटर कम्पनीले लोकप्रिय नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।   

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पांग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिले स्वस्तिमा र प्रदीपलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।   

कार्यक्रममा इन्टरनेशनल बिजनेस अफ टिभिएस मोटर कम्पनीका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट आर दिलिपले स्वस्तिमा र प्रदीपसँगको सहकार्यले आफ्नो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्ने विश्वास व्यक्त गरे ।   

शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले स्वस्तिमा र प्रदीपसँग टिभिएस एनटर्क १२५ को यात्रा अद्भुत रहने आशा रहेको बताए ।   

त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई मनपर्ने सवारी टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बासडर हुन पाउँदा खुशी लागेको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘टिभिएस मोटर कम्पनीसँगको मेरो यात्रा गत वर्षदेखि नै मजबुत भइरहेको छ । अन्य स्कुटर भन्दा म यस स्कुटरको स्टाइलिस लुक्स र स्मार्ट विशेषता जस्तै नेभिगेशन एसिस्ट र कलर आईडी फङ्गसनले मोहित भएकी छु । यस सहकार्यका लागि उत्साहित पनि छु ।’ 

अभिनेता प्रदीप खड्काले पनि स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा निकै उतसाहित रहेको बताए । उनले भने, ‘यो आँखा लोभ्याउने नवयुवा स्कुटर हो र म यस ब्राण्डको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन निकै उत्सुक छु ।’ 

जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लाटफर्म–TVS smratXonnect छ र यो नेपालमै पहिलो  कनेक्टेड स्कुटर हो । यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको र यसमा स्टेट अफ आर्ट CVTi-REVV 3 भल्भ इन्जिन रहेको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।   

उनका अनुसार टिभिएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको CVTi-REVVCVTi-REVV 124.79CC, सिंगल सिलिन्डर, ४ स्ट्रोक, ३ भल्भ, एयर कुल SOHC इन्जिन रहेको छ जसले 6.9Kw@7500rpm/9.4ps@7500rpm र 10.5 Nm@5500rpm चर्न गर्दछ  । इन्जिनमा भएको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्दछ र प्रतिघण्टा ९५ किलोमिटरको उच्च गति दिन्छ ।   

स्कुटरमा टिभिएस SmartXonnet, ब्लुटुथ इनेबल्ड प्रविधि रहेको छ जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ र गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सकिने पनि उनले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =