राष्ट्रप्रेमी सहयोग केन्द्रद्धारा विपन्न वर्गलाई सहयोग अभियान सञ्चालन

विराटनगर, १५ साउन । विराटनगरका युवाहरुले राष्ट्रप्रेमी सहयोग केन्द्र संचालनमा ल्याएर विपन्न र पीडित वर्गलाई सहयोग गर्ने अभियान चलाएका छन् । राष्ट्रप्रेमी फाउण्डेशन नेपाल, राष्ट्रप्रेमी युथ क्लब र मिशन नेपालमा आबद्ध युवाहरुले यस्तो अभियका चलाएका हुन् ।एकिकृत भएर अभियान चलाएका उनीहरुले आपत–विपत,  दैविक प्रकोप तथा बाढीबाट पिडित भएकाहरुलाई विभिन्न प्रकारले सहयोग गर्ने गरेका छन । पछिल्लो समय  उनीहरुले विपन्न वर्गलाई सहयोग गर्ने उद्धेश्यसहित पूराना प्रयोग गर्न मिल्ने लत्ता कपडा तथा सामाग्रि संकलन एवं वितरण केन्द्र संचालनमा ल्याएका छन् ।यसका लागि विराटनगर १५ स्थित विराटनगर जुट मिल  अगाडि उनीहरुले सहयोग संकलन डेस्क राखेका छन् । युवाहरुले सो डेस्क मार्फत स्थानियस्तरबाट संकलित लत्ताकपडा र अन्य सामाग्रि आवश्यकता भएका ब्यक्तिलाई वितरण गर्ने गरेका छन् ।साउन १० बाट संचालनमा ल्याइएको सहयोग संकलन केन्द्रलाई स्थानिय कपडा ब्यवसायीहरुले आफ्ना ओल्ड स्टकमा भएका लत्ताकपडा दिएर सघाएको राष्ट्रप्रेमी युथ क्लबका अध्यक्ष प्रवीण भुजेलले जानकारी दिए । चार दिनमा २ सय बढी ब्यक्तिले सहयोग केन्द्रबाट आफुलाई आवश्यक लुगाफाटा लिएर गएको उनले बताए । अभियानलाई निरन्तरता दिन २० जना युवाहरु निरन्तर खटिदै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =