‘मैँले न्याय कहिले पाउँछु सरकार ?’

 

साउन १०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय माग्दै प्रदर्शन गरेको छ । 

कञ्चनपुर उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन । नेविसंघले दोषीलाई कारवाही गरी निर्मलालाई न्याय दिन माग गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

null

 

पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । सरकारले हत्यारा चाँडै पत्ता लाग्ने भन्दै आएपनि एक वर्ष बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । सरकारको पनि निकै आलोचना हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =