सुशील बनस्पतिमा भीषण आगलागी, नियन्त्रणका लागि प्रयास जारी

वीरगन्ज, २१ असार । खाने तेल उत्पादन गर्ने उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ । वीरगन्ज महानगरपालिका २१ लिपनीविर्तामा रहेको सुशील बनस्पति उद्योग भीषण आगलागी भएको हो । 

बिहान ३ बजेबाट सुरु भएको आगलागी अहिले सम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगलागी नियन्त्रण गर्नेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । 

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागी कसरी भएको हो भने बारेमा अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =