सञ्चारमन्त्री भन्छन्– आइफा अवार्डले नेपाललाई घाटा हुँदैन

 

असार १६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले इन्टरनेश्नल इन्डिया फिल्म् अवार्ड (आइफा) का लागि बजेट नछुट्याइएको दाबी गरेका छन् । 

चलचित्र विकास बोर्डको १९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले यस्तो दाबी गरेका हुन् । 

null

‘आइफा अवार्ड नेपालमा गर्न दिने निर्णय मात्रै भएको हो । बजेट छुट्याइएको छैन । यो अवार्ड कार्यक्रम गर्दा नेपाललाई घाटा हुँदैन । हाम्रो देशको प्रचारप्रसार हुन्छ’, सञ्चारमन्त्री बाँस्कोटाले भने । 

कार्यक्रममा उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको भन्दै आफूले बोलेको कुरा आफैँले रेकर्ड गरेर राख्नुपर्ने अवस्था आएको बताए । 

उनले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चलाइनु पर्ने भन्दै नचलाए सरकारले ताला लगाउने पनि चेतावनी दिए । 

यस्तै उनले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने दाबी गरे । 

मन्त्री बाँस्कोटाले बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताए । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न पाइन्छ ? भन्दै उनले प्रश्न गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =