आज देशभर मौसममा बदली, पश्चिमका केही भूभागमा ठूलो पानी पर्ने
२०७६ असार २४ गते

काठमाडौं, २४ असार । मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै आएकाले आज देशका अधिकांश भूभागमा पानी परिरहेको छ । आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद्ले बताएका छन् । मंगलबार राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।
null
भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा (मनसुनमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सर्दै गइरहेको केही दिनदेखि नै नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ ।
२०७६ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








