पत्रकार महासंघका अध्यक्ष कार्कीमाथि सांघातिक आक्रमण, अवस्था गम्भिर

सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की राजनलाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन् । कनपा ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षिय विकास सिंह स्याङतानले कार्कीमाथि हातपात गरेका हुन् । 

 

अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राती नै काठमान्डौ रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले बताइन । डा. गौतमका अनुसार टाउकोमा गम्भिर चोट देखिएका कारण कार्कीलाई काठमाडौं रिफर गरिएको हो । महासंघका पूर्व अध्यक्ष मिनकुमार दाहालसँगै खाजा खाईरहेका अध्यक्ष र दाहाल दुवै माथि हातपात भएको तर दाहाललाई भने ठूलो चोट लागेको छैन । 

null

घटनापछि अभियुक्त प्रहरीहरुलाई तत्काल पक्राउ गरि राती नै पत्रकारहरुको बीचमा सार्वजनिक गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरु राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाल लगाएतका जिल्लाका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको उपचारका सन्दर्भमा छलफल गरेका छन् । 

छलफलमा एसपी सिंहले घाइतेको उपचारको प्रवन्ध गर्ने र दोषी प्रहरीलाई कारवाहि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैबीच पत्रकार महासंघ सिन्धुलीले आईतबार विहान ७ बजे पूर्व अध्यक्षहरु सहितको आकस्मिक बैठकको आह्वान गरेको छ । घटनाले जिल्लाका पत्रकारहरुको सूरक्षामै प्रश्न उठाएको भन्दै आकस्मिक बैठकको आह्वान गरिएको महासंघ सिन्धुलीका सचिव विदुर पौडेलले बताए । यस्तै विहान ९ बजे प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरुसँग महासंघले छलफल गर्ने भएको छ । जसको प्रबन्ध मिलाउने जिम्मा एसपी सिंहले लिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *