वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन, विभिन्न देश पुगेका २५१ जनाको उद्धार

 

साउन १३, काठमाडौँ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा विभिन्न देश पुगेका २५१ जनाको उद्धार गरिएको छ । 

उनीहरुलाई भारत, किर्जिकिस्तान, कुवेत, लिबिया, केन्यालगायत देशबाट उद्धार गरिएको ब्यूरोले जनाएको छ । उद्धार गरिएकामा धेरै महिला छन् । गएको फागुनदेखि असारसम्ममा उनीहरुको यसरी उद्धार गरिएको हो । 

null

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना बढ्दै गएकाले प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गरेर काम गर्दै आएको छ । 

ब्यूरो स्थापनापछि अहिलेसम्म ११ घटनामा मुद्दा दर्ता गरिएको ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । आरोपीमध्ये १२ जना पक्राउ परेका छन् । 

अझै २९ जना फरार रहेकाले खोजी जारी रहेको उनले जानकारी दिए । भारतबाट मात्रै झण्डै २०० जनाको उद्धार गरिएको छ । पहिले भारतमा देह व्यापारका लागि मानव बेचबिखन हुने गरेको थियो । 

अहिले भने वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन हुँदै आएको छ । अवैध बाटो हुँदै मानिसलाई बेचविखन गर्ने गरेको प्रहरीले जनाएको छ । कानूनमा यसरी वेचविखन गर्नेलाई १५ वर्षसम्म सजाय हुने व्यवस्था छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =