लागत मुल्य नपाउँदा किसान पलायनको दिशाामा, भन्छन् वैंकको व्याज कसरी तिर्ने ?

 

असार १९, चितवन । सरकारले उपलव्ध गराउँदै आएको अतिरिक्त रकम गत वर्षको जेठ महिनादेखी कटौती भएपछि व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरु पलायन हुने अवस्थामा छन् । 

फस्टाउँदो रुपमा रहे पनि लागत अनुसारको मुल्य नपाउँदा पशुपालक किसानहरु धरासायी अवस्थामा पुगेका हुन् । कोरियामा ५ वर्षको रोजगारी पश्चात खैरहनी ७ मझुईका नारायण प्रसाद घिमिरे स्वदेश फर्किर २०७१ सालदेखी व्यवसायिक रुपमा पशुपालन व्यवसाय सुरु गरे । ९ वटा गाईबाट सुरु गरेका उनको ज्वालामुखी गाई फर्ममा अहिले दुधालु १७ वटा गाई र भैसी छन् । उनको गोठमा जम्मा ८ भैसी र १७ वटा गाई छन् । 

null

 

व्यवसायलाई वढाउने सोच भएपनि लागत अनुसार दुधको मुल्य नपाउँदा उनमा निरासा छाएको छ । सुरुवातमा पशुपालनबाट केही हुन्छ कि भन्ने थियो किसान घिमिरेले भने – सरकारले उपलव्ध गराउने अतिरिक्त रकम समेत कटौती भएपछि व्यवसाय संचालन गर्न धौ धौ छ । उनका अनुसार प्रति लिटर दुधको लागत मुल्य ५५ देखी ६० रुपैया पर्ने भएपनि सरदर ४५ रुपैया पाईएको छ । 

फर्म तयार पार्दा ५० लाख रुपैया खर्चिएको उनको भनाई छ । बैंकबाट लोन खाएर व्यवसाय सुरुवात गरियो उनले भने – आशावादी भएर गरिएको व्यवसाय प्रति अहिले नैराश्यता छ,वैंकको व्याज तिर्न समेत धौ धौ छ । खैरहनी १० स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज थपलियाका अनुसार यस क्षेत्रमा व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या वढ्दै गएपनि लागत अनुसारको मुल्य नपाउँदा किसानहरु मर्कामा परेका छन् । 

दाना, चोकर, ढुटोको मुल्य वृद्धी हुनु तर दुधको मुल्य यथावत रहनु किसानका लागि घातक रहेको थपलियाले वताए । अतिरिक्त रकम समेत कटौती भएको छ संस्थाका अध्यक्ष थपलियाले भने आहारको मुल्य उकालो लाग्दा दुधको मुल्य वृद्धी गर्न सरकारले तत्परता नदेखाउँदा केही वर्षमै व्यवसायिक किसान पलायन हुनेछन् । 

डिडिसीले २०७५ जेठ देखी किसानले पाउँदै आएको अतिरिक्त ३ रुपैया कटौती गरेको थियो । त्यसअघि २०७३ साल फागुनमा करिव ३ रुपैया ५० पैसा प्रति लिटर दुधको मुल्य वढेको थियो । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले मात्रै दैनिक ५ हजार लिटर दुध उत्पादक गर्दै आएको छ । 

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य वालकृष्ण उप्रेती पशुपालन व्यवसाय टिकाउन सरकारले सरदर दुध प्रति लिटर ५० रुपैया पुर्याउने पर्ने वताउँछन् । दुध उत्पादन लागत मुल्य ३२ प्रतिशत वढेको उनको अनुभव छ । ३ वर्ष अघि दाना प्रतिकिलो २६ रहेकोमा अहिले ३६ रुपैया पुगेको छ । 

त्यो वेला चोकर प्रति बोरा ९५० रहेकामा अहिले वढेर १४ सय रुपैया सम्म पुगेको छ । संघका केन्द्रिय सदस्य उप्रेती सरकारले घाँस र प्रति लिटर उत्पादनमा अनुदान दिनु पर्ने वताउँछन् । दुधको मुल्य वृद्धीका लागि केन्द्रिय सरकारसंग पटक पटक भेटवार्ता भएपनि अहिले सम्म सुनुवाई नभएको उप्रेतीको गुनासो छ । हालै मात्रै चितवनलाई दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ । यहाँ दैनिक करिव २ लाख ७० हजार लिटर दुध उत्पादन हुदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *