सभामुखसँग नेकपा सांसदले भने– ‘यहाँबाट ४ पटक लडिसकेँ, ज्यान जोगाइ पाऊँ’

 

जेठ १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कुर्सीका कारण पटक पटक लडेको भन्दै फेर्न आग्रह गरेका छन् । 

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले भने, ‘चार पटक भयो म यहाँबाट लडेको । अहिलेसम्म दुर्घटना भएको छैन । आगमी दिनमा यस्ता कुर्सी नराखियोस्। कति पटक भन्नुपर्ने हो? यो धेरै गम्भीर आपत्तिको विषय भयो । ज्यान जोगाइ पाउँ भन्नुपर्ने अवस्था आयो ।’ 

null

सभामुख कृष्णबहादुर महराले यसबारे ध्यानाकर्षण भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =