अचम्म दाह्री पाल्दा हुन्छ यती धेरै स्वास्थ्यलाई फाईदा

 

असार ५, काठमाडौं । स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी, धेरैजसो पुरुषहरुमा अचेल दाह्री पाल्ने क्रेज बढिरहेको देखिन्छ । 

अधिकांश पुरुष आफूलाई स्टाइलिस देखाउनका लागि शौखको रुपमा दाह्री पाल्ने गर्दछन् तर दाह्रीका छुट्टै फाइदा पनि छन् जो थाहा पाउन सकिरहेका छैनन् । 

null

हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ । 

सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन । 

यदि तपाईमा एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्नेछ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ । 

दाह्री पाल्नेहरु नपाल्नेहरुभन्दा जवान देखिन्छन् । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट उनीहरु मुक्त हुन सक्दछन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *