राष्ट्रिय सभाबाट फिर्ता भयाे गुठी विधेयक

 

असार १०, काठमाडौं । चौतर्फी आलोचनापछि गुुठी विधेयकबाट ब्याक हटेको सरकारले औपचारिक रुपमै विधेयक फिर्ता लिएको छ । 

वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार औपचारिक रुपमै फिर्ता लिइएको हो । 

null

विधेयक फिर्ता लिने भूमि सुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट सर्वसम्मतले पास भएको छ । 

सरकारले धर्म संस्कृतिविरुद्ध विधेयक ल्याएको भन्दै गुठीयारहरुले लगातार विरोध प्रदर्शन गरी विधेयक फिर्ताको माग गरेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुले पनि विरोध गरेका थिए । कांग्रेसले संसद समेत अवरुद्ध पारेको थियो । 

गुठी विधेयकको नेकपा सांसद तथा नेताहरुले समेत विधेयक फिर्ता लिन सार्वजनिक रुपमै सरकारलाई चेतावनी दिएका थिए । त्यसपछि सरकार ब्याक हटेको हो । 

बैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको विधेयक १९ गते सांसदहरूलाई वितरण गरिएको थियो भने जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत गरिएकोे थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *