नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका विषय

 

जेठ २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । 

दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै सोमबार बस्ने भनिएको बैठक आज दिउँसो तीन बजेका लागि सारिएको हो । 

null

बैठकअघि तीन शीर्ष नेताबीच बालुटारमा छलफल भएको छ । आज बोलाइएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालबीच छलफल भएको हो । 

बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो । 

यसअघि अध्यक्ष प्रचण्डले प्रम ओली भारत भ्रमणमा रहँदा १५ महिनापछि आफू प्रधानमन्त्री हुने दाबी गरेका थिए । यसमा प्रम ओलीको चित्त दुखाएपछि प्रचण्डले आफ्नो अभिव्यक्ति फेर्दै ५ वर्ष ओलीजीले सरकार चलाउनु हुन्छ भन्ने धारणा विभिन्न कार्यक्रमहरुमा सार्वजनिक गरेका थिए । 

दुई नेताबीच यसबारे समेत छलफल हुने र कार्य बिभाजन टुंग्याउने र पोलिटव्यूरो गठन गर्ने वा नगर्ने बारेमा समेत छलफल भएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =