जनताको सेवा नगर्ने कर्मचारीलाई दण्डित गरिने मन्त्री पण्डितको चेतावनी

 

जेठ १९, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई इमान्दार भएर राज्यको सेवा गर्न आग्रह गरेका छन् । 

आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले कर्मचारीलाई यस्तो आग्रह गरेका हुन् । 

null

उनले इमान्दार भएर काम नगर्ने, जनताको सेवा नगर्ने बन्द/हडताल गर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि चेतावनी दिए । गल्तीका आधारमा कडा दण्ड सजायको व्यवस्था हुने उनको भनाइ छ । 

मन्त्री पण्डितले ट्रेड युनियनमा आबद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे । 

मन्त्री पण्डितले ट्रेड युनियनमा आबद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारीसरह हुनुपर्ने माग जायज नभएको पनि बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *