‘खाडीमा बगाएको पसिनाको रकम बाँडेर आउने पुस्ताको भविष्य बन्दैन’

 

जेठ १९, काठमाडौं । नेपाली कांग्रेस सांसद तथा छाया अर्थमन्त्री मिनेन्द्र रिजालले बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद रिजालले सो धारणा राखेका हुन् । 

null

संसदमा उनले भने, ‘आधार वर्षपछिको बजेटले इतिहास निर्माणको बाटो समात्ला भन्ने थियो । तर सकेन । आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरणमुखी कार्यक्रम बाँडियो । खाडीमा दुःख गरेर बगाएको पसिनाको रकम वितरणमुखी कार्यक्रम बाँडेर आउने पुस्ताको भविष्य बन्दैन ।’ 

१५ सय ३३ वर्षको स्रोत साधन र ऋण परिचालन कसरी हुन्छ भन्ने विश्वासको आधार नै नभएको उनको दाबी गर्दै उनले यो वर्षको बजेटले लिइएको लक्ष्य कुनैपनि हालतमा पूरा हुन नसक्ने जिकिर गरे । 

सांसद रिजालले पूर्वाधार विकास कोष संघीयताको मर्म र भाव विपरीत भएको पनि बताए । उनले प्रधानमन्त्री र आफ्नो कार्यक्षेत्र खोला वारिपारि भएपनि प्रधानमन्त्रीको क्षेत्रमा ज्यादा खर्च भएको टिप्पणी गरे । 

उनले भने, ‘प्रधानमन्त्री र मेरो क्षेत्र खोला वारिपारि हो। प्रमको निर्वाचन क्षेत्रमा खर्च हुने आधा रकम मात्र मेरो क्षेत्रमा खर्च गरे मलाई पूर्वाधार विकास कोषको रकम चाहिन्नँ। दूरदराजका सांसद र बलशालीको क्षेत्रमा खर्च हुने रकमको खर्च देखाइदिनुस्। न्यायिक रूपले खर्च वितरण गरेमा सत्तापक्ष वा प्रतिपक्ष दुवैले पूर्वाधार विकासको रकम माग्दैनन्।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *