हुम्ला दुर्घटनाः बेपत्ता भएकाहरुको खोजी गर्न गोताखोर ल्याइँदै

 

                                                                                फाइल तस्विर 

असार ४, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । 

null

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । 

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको उद्धार कार्यले परिणाम निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । आज बिहानैदेखि दुर्घटनास्थलमा उद्धार टोली खटिएका छन् । 

सिकारुले जीप चलाएका कारण याङचुमा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीप चालकले नचलाएर सिकारुले चलाएका कारण नदीमा खसेको बताइएको छ । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित अन्दाजी १६ जना सवार गाडीलाई भर्खरका सिकारुले चलाएका कारण गाडी कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शी स्थानीय तुल्या कामीले जानकारी दिए । –रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =