बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना: चालकको मृत्यु, एक जना घाइते

रामेछाप, ८ असार । आइतबार बिहान बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् । नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुलेको छैन । 

 

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेर क्षतविक्षत छ । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । बिरामी लिन मन्थली गएको एम्बुलेन्समा चालकसहित २ जना मात्र सवार थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =