बस्दै नबसी किन स्थगित भयो नेकपा बैठक ?

 

जेठ २३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै नबसी स्थगित भएको छ । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुबीच तयारी नपुगेको भन्दै बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि मात्रै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

null

आज १२ बजेबाट सुरु हुने भनिएको बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको थियो । 

बैठक आज बिहान ९ बजेका लागि बोलाईएको थियो । नेताहरुको व्यस्तताका कारण १२ बजेका लागि सारिएको बैठक पनि बस्न सकेन । 

इन्चार्ज र सहइन्चार्जको टुंगो हिजो (बुधबार) कै बैठकमा लगाउने भनिएको थियो । तर, सहमती हुन नसकेपछि बैठक आज पनि बस्न लागेको हो । मंगलबार पनि यसै विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *