आँधीहुरीमा परी पर्सामा ३ घाइते

 

जेठ २६, बीरगञ्ज । आँधीहुरीका कारण पर्सामा तीन व्यक्ति घाइते भएको पर्सा प्रहरीले जनाएको छ । 

शानिबार साँझ आएको आँधहुरीमा परी वीरगञ्ज महानगरपालिका १८ भवानीपुर बस्ने २८ वर्षीया रीतादेवी, वडा नम्बर २२ वस्ने ४० वर्षीय लक्ष्मीराम र वडा नम्बर १८ कै समसुद्दिन हवारीकी चार वर्षीया छोरी सबना खातुन घाइते भएका हुन् । 

null

घाइते रीतादेवीकाे नारायणी अस्पतालमा उपचारपछि घर फर्किएकी छिन् भने अन्य घाइते लक्ष्मी रामको वीरगञ्जको गण्डक अस्पतालमा उपचार भईरहेको पर्सा प्रहरीले जानकारी गराएका छन् । 

घाइते बालिका सवुना खातुनको भने वीरगञ्जको एपोलो अस्पतालमा उपचार भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *