मधेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छः यादव

नेकपा एमाले मधेश प्रदेशसभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताएका छन् ।

आइतबार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताए ।

उनले आफूहरूले दुईपटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रोपटक भने आफूहरूकै नेतृत्वमा सरकार बन्न सक्ने उल्लेख गरे । उनले सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने बताए । आफूहरूले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उनको भनाइ छ ।

उनले संघीय गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिने संकेत गरेपछि आफूहरूले प्रदेश सरकारमा जसपा, नेपाललाई समर्थन दिइराख्न उचित नठानेको बताए । उनले प्रदेश सरकार पनि संघीय गठबन्धन अनुरुपको बनाउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *