मधेस प्रदेशसभा बैठकमा सांसदको हानाहान, कुर्सी र माइक तोडफोड

झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा सांसदहरुबीच हानाहान भएको हो ।

यस्तै संसदका कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको छ।

सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो ।

जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा बिबाद भएको छ।

बैठकमा विवाद भएपछि पुनः मधेस प्रदेशसभा १० मिनेटको लागि स्थगित भएको छ। विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा जनमत पार्टीले राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न माग गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *