जनकपुरमा युवकको हत्या

जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीनरचार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो । प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए।
स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए । सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेका अर्जुन साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता अवाले बताए।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *