मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, कांग्रेस, जनमत र लोसपाकाे बहिस्कार

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । तनावकाबिच पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६१ सांसदले मतदान गरेका हुन्।

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्री यादवले त्यो भन्दा बढी मत पाएका हुन् ।
तर मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा सदन तनाबपूर्ण बन्यो।

प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए ।

राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति बनाउनु पर्ने र मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै विपक्षी दलका सांसदले विरोध जनाएका थिए।

सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुन विश्वासको मत लिएका हुन्। यसअघि सरकारमा रहेको कांग्रेस सरकारबाट बाहिरिएको छ भने एमाले सरकारमा सहभागी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *