श्रीमतीतर्फ फर्कँदै प्रधानमन्त्रीले भने–‘बनावटी कुरा गरेको भए विरोध गरे हुन्छ’


जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्यलाई बनावटी कुरा गरे सार्वजनिक रुपमा विरोध गर्न आग्रह गरेका छन् ।
‘प्रथम राष्ट्रिय महिला दिवस’ का अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रम ओलीले यस्तो आग्रह गरेका हुन् ।
null
कार्यक्रममा उनले भने, ‘महिला हेला गर्ने विषय हुँदै होइन । मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गरे हुन्छ । मैँले बोलेका कुरामा फरक र वनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ ।’ मञ्चमै बसिरहनु भएकी श्रीमती शाक्यतर्फ फर्कँदै उनले आफू गलत भए विरोध गर्न आग्रह गरेका हुन् ।
महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको पनि धारणा राख्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिबद्धता पनि जनाए ।
महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको प्रधानमन्त्री ओलीले दाबी गर्दै प्रम ओलीले भने, ‘अहिले हामी ४० प्रतिशत महिला सहभागिता छ भनेर छाती फुलाएर भन्न सक्छौं । मुख्य कुरा सामाजिक जागरण बढेको छ ।’
