संसद्‌मा शुक्रबारदेखि प्रि-बजेट माथि छलफल सुरु हुने

काठमाडौँ, २५ वैशाख । आर्थिक वर्ष २०७६/०७७ को प्रि-बजेट माथि शुक्रबारदेखि संसद्‌मा छलफल सुरु हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि-बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन जानकारी गराएका हुन् । 

 

छलफल दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै आ-आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउनसमेत सभामुख महराले अनुरोध गरेका छन् । 

null

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सदनमा छलफल भइसक्नु पर्ने भएको व्यवस्था रहेकोले प्रि-बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =