धर्मपत्नीसहित अस्ट्रिया उडे उपराष्ट्रपति पुन, यस्तो छ भ्रमण तालिका

 

जेठ १२, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन आज युरोपेली मुलुक अस्ट्रिया प्रस्थान गरेका छन् । 

अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनको निमन्त्रणमा उपराष्ट्रपति पुन आइतबार बिहान ९ः२० बजे कतार एयरवेजको विमानमार्फत् दोहा हुँदै अस्ट्रिया प्रस्थान गरेका हुन् । उनी एक सातासम्म त्यहाँ रहने कार्यक्रम रहेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । 

null

अस्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुन जेठ १४ गते भियनामा आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा उनले नेपालको धारणा राख्ने जानकारी दिइएको छ । 

यसैगरी भ्रमणका क्रममा उपराष्ट्रपति पुनले अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको पुनको निजी सचिवालयले जनाएको छ । 

यस्तै सोमबार भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। अस्ट्रियामा रहँदा उपराष्ट्रपति पुन त्यहाँस्थित नेपाली राजदूतावासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा सहभागी हुनेछन्। 

यस्तै उनले अस्ट्रियाका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन् । 

उपराष्ट्रपति पुन जेठ १८ गते स्वदेश फर्किने छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =