गोमन सर्पले टोक्दा दुई वटा दुधालु गाई मरे

 

बैशाख २६, काठमाडौं । गौशाला–महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेको छ । 

आज बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ । 

null

प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई चरिरहेको ठाउँमा अचानक विषालु गोमन सर्प आएको र गाईको खुट्टामा टोकेको एक छिनमै गाई छट्पटाउँदै वनमै मरेको थियो। 

एक महिनाअघि मात्रै ६० हजार भारुमा किनेर ल्याएको गाईलाई सर्पले टोक्दा ज्यान गएपछि साह परिवार निक्कै दुःखी भएका छन्। 

त्यस्तै गत सोमबारका दिन पनि सोही खेतको फाँटमा चरिरहेका बेला स्थानीयवासी श्यामबाबु चौधरीको दुधालु गाईलाई पनि विषालु सर्प गोमनले नै टोक्दा गाईको ज्यान गएको थियो। 

यसरी चार दिनको अवधिमा एउटै गाउँकै दुई वटा दुधालु गाईलाई विषालु सर्प गोमनले टोक्दा ज्यान गएपछि स्थानीय किसानहरु भयभित भएका छन् भने वनमा जान र गाईवस्तु लैजान डराएका छन्। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *