मिडिया काउन्सिल विधेयक: पत्रकारले भोलि संसद् बाहिर प्रदर्शन गर्ने

 

जेठ २, काठमाडौं । नेपाल पत्रकार महासंघले शुक्रबार संसद भवन बाहिर बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध नेपाल पत्रकार महासंघले भोलि आन्दोलन गर्ने तयारी गरेको हो । 

null

पहिलो चरणको आन्दोलनको अन्तिम दिन मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि बृहत् प्रदर्शन गर्ने महासंघले जनाएको छ। 

यस्तै, जिल्लाहरुमा पनि सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। 

पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी माग सुनुवाई नगरे थप आन्दोलित हुनुपर्ने परिस्थिति सिर्जना हुन सक्ने महासंघको चेतावनी छ । 

विधेयकले मिडिया काउन्सिलको अवधारणा र भूमिकालाई नबुझेको मात्र होइन, स्वतन्त्र प्रेसको अवधारणालाई समेत लत्याएको भन्दै पत्रकारहरु आक्रोशित भएका छन् । 

मिडिया काउन्सिल सम्बन्धी विधेयक सञ्चार क्षेत्रको घाँटी निमोठ्नकै लागि ल्याइएको विपक्षी दल तथा पत्रकारहरुको ठहर छ । उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्नुपर्ने महासंघको माग छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *