एक/दुई घटना हुँदैमा राजनीतिक स्थिरता छैन भन्नु अनुचितः प्रचण्ड


जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लवसँग वार्ताका लागि प्रतिबन्धले नछेक्ने बताएका छन् ।
सोमबार विराटनगरको मोरङस्थित उद्योग व्यापार संघको ६४ औं वार्षिक साधारण सभा उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा यस्तो धारणा राखेका हुन् ।
null
सञ्चारकर्मीसँग कुरा गर्दै उनले विप्लवको बन्दलाई सकारात्मक रुपमा लिन पनि आग्रह गरे । उनले भने, ‘नेत्रविक्रम चन्द विप्लवको बन्दलाई सकारात्मक रुपमा लिऔँ । सायद बन्द प्रकारान्तरले वार्ताकै वातावरण सायद बन्द वार्ताकै वातावरण बनाउनका लागि गरेको हो कि, मैले त्यसरी बुझेको छु ।’
यस्तै उनले एक दुई घटना हुँदैमा राजनीतिक स्थिरता छैन भन्नु उचित नभएको पनि दाबी गरे । सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेको उनको भनाइ छ ।
उनले जनता र राष्ट्रको आवश्यकता नै शान्तिपूर्ण राजनीति भएकोले सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुपर्ने धारणा राखे ।
