सरकारकाे कस्ताे रवैयाः एकातिर प्रतिबन्ध लगाउने, अर्काेतिर विभूषित गर्ने !

२०७६ जेठ १४ गते

जेठ १३, काठमाडौं । सरकारले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका ३ नेतालाई विभूषित गर्ने भएको छ ।
सरकारले संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्याएबापत भन्दै गणतन्त्र दिवसको अवसरमा (जेठ १६ गते) विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।
null
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजनाको तयारी गरिएको विभूषण समारोहमा विप्लव समूहका प्रवक्ता विश्वकर्मा, नेता सन्तोषकुमार बुढा मगर र विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई सरकारले विभूषित गर्न लागेको हो।
गणतन्त्र दिवसको अवसरमा सरकारले कुल ११ सय ९ जनालाई सम्मान गर्न लागेको छ, जसमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा लगायत पनि छन् ।

२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित