आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश– ५ सेमिफानलमा

बैशाख ९, नेपालगञ्ज । बाँकेको खजुरामा जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज सम्पन्न पुरुष फुटबल प्रतियोगितामा प्रदेश नं. ५ का समूह  बिजेता घोषित हुँदै सेमिफाइनल प्रवेश गर्ने मौका पाएका छन् । 

 

आज सम्पन्न प्रदेश नं. ५ र प्रदेश नं. ३ बिच भएको खेलमा अन्तिममा ३ नम्बर प्रदेशसँग बराबरी खेल्दै ५ नम्बर प्रदेश समूह ‘क’ ले बिजयी हासिल गर्न सफल भएको हो । यो समूहबाट एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

null

आज बिहान सम्पन्न भएको खेलमा खेल शुरु भएको ३ मिनेटमै धिरज तामाङले गोल गरेसँगै सुरुवाती समयमा प्रदेश नं. ३ ले अग्रस्थान ओगट्न सफल भएका थिए । खेललाई बराबरी गर्न प्रदेश ५ नं. लाई २९ मिनेट लागेको थियो । साथै ५ नं. र ३ नं प्रदेशबीचको खेल २ र २ गोलमा टुंगिएको छ । 

३२ औँ मिनेटमा दिपेन्द्रसिंह ठकुरीले गोल गरेर ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याएका थिए। ३५ औँ मिनेटमा सन्जु सेनले गोल थपेपछि ५ नम्बरले अग्रता बढाएको थियो। खेल सकिन २ मिनेट बाँकी रहँदा ७८ औँ मिनेटमा ३ नम्बर प्रदेशका कुशल श्रेष्ठले गरेपछि खेल बराबरीमा टुंगिएको थियो। 

रुपन्देहीमा भएको अर्को समूहबाट नेपाल पुलिस विजेता र आर्मी उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्। प्रदेश–५ र नेपाल आर्मीबिच फाइनल खेलमा प्रवेश गर्नका लागि मंगलबार बिहान नेपालगञ्ज रंगशालामा पहिलो सेमिफाइनल खेल हने भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *