भोलि हुने क्रिकेटमा कलाकार र क्रिकेटरको भिडन्त

 

चैत्र २२ काठमाण्डौँ । चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थको लागि भोलि मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण हुन लागेको उक्त क्रिकेट रंगशाला निर्माणको लागि उक्त प्रतियोगितामा कलाकार र क्रिकेटर बीच भिडन्त हुनेछ । ब्याट र बल कहिल्यै नसमाएका कलाकारहरु पनि  भोलिकोलागि म्याचको प्राक्टिक्स गरिरहेका छन् । उनीहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नै तालिम दिईरहेको धुर्मुस सुन्तली फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुस बताउँछन् । उनी भन्छन् बिहान देखी मैदानमा कलाकारहरु उत्साहित हुँदै तालिम लिई रहेका छन् । 

उक्त खेलको टिकटदरको मुल्य रु. १ हजार र तीन सय रुपैयाँ तय भएको छ भने खेल भोलि त्रिवि क्रिकेट खेल मैदानमा बिहान १० बजेबाट सुरु हुनेछ । साथै इसेवाट पनी खेलको टिकट काट्न सकिनेछ । भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत हावाहुरी पिडितहरुलाइ दिने फाउन्डेसनले घोषणा समेत गरेको छ । 

null

क्रिकेटरको तर्फबाट नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छनोट भएका छन् । नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब, सुसन भारी, दिलीप नाथ र प्रदीप ऐरी छनोट भएका छन् । 

 

त्यस्तै कलाकारको तर्फबाट ए टिममा मदनकृष्ण सहित सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, सन्दीप क्षेत्री, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा छनोट भएका छन् । 

साथै समूह बीमा हरिवंशसहित निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, बीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, सलिनमान बनिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ छनोट भएका छन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *