क्यान्सर यस्ता दाँतका कारणले नि हुन सक्छ

 

चैत्र २४ । शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ । अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगका रूपमा लिने गरिएको छ । 

प्राय जसो मानिस मुखको मुखको क्यान्सर धूमपान, मद्यपान, पान, सुपारी र गुट्खाको बढी सेवनले मात्र हुन्छ भन्ने सोच्दछन् । तर मुखको क्यान्सर यी कारणले मात्र नभइ बाङ्गोटिङ्गो वा तिखो दाँतले गर्दा मुखभित्र नियमित रूपमा घर्षण भई निको नहुने घाउ बनाएमा पनि क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। 

null

यद्यपी, दाँतका कारण हुने क्यान्सर र सुर्ती, चुरोटबाट हुने क्यान्सरको लक्षण एउटै हुन्छ । गाला रातो हुने, मुखभित्र सेतो, मुख कम खुल्ने वा खुल्न गाह्रो हुने र गालाका मांसपेशीले राम्ररी काम नगर्नेआदि यसका लक्षणहरु हुन् । खराब दाँतका कारण लाग्ने यस्ता रोगलाई ‘सबल्यूकस फाईब्रोसिस’ भनिन्छ । 

त्यसकारण दाँतबाट हुने दुखाई वा तिघोपनबाट हुने घाउँलाई तुरुन्तै डाक्टरलाई देखानु जरुरी हुन्छ ।  यदी यस्तो लक्षण देखिएमा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *