बिग बोस शो अब नेपालमा, कहिलेबाट हुँदैछ सुरू ?

 

बैशाख ४, काठमाडौं । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस शो नेपालमा भित्रिएको छ। 

आइमेक्स पोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा नेपाल भित्र्याएको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बिग बोस शो नेपालमा सञ्चालन गरिने जानकारी दिइएको हो । 

null

प्रतिभाहरुलाई सबैका माझ ल्याउने तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको यो रियालिटि शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँडै नै सुरु हुनेछ । यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । 

यस्तो कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । हाल याे शाे ५४ देशमा सञ्चालित छ । 

यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बसभित्र रहने सहभागीहरुले १०० दिन सम्म सञ्चारको सम्पर्कमा आउन पाउने छैनन् । उनीहरुले कुनैपनि सञ्चारका माध्यमहरु प्रयोग गर्न पाउने छैनन् । 

सहभागी मध्ये उत्कृष्ट प्रदर्शन गर्नेले ट्रफि जित्नेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *