सुपारी सेवन गर्नुहुन्छ ? सावधान यी खतरानाक रोगहरु लाग्न सक्छन्

 

बैशाख ४, काठमाडौँ । सुपारी खाने धेरै मान्छेहरुको बानी हुन्छ, कसै–कसैलाई त मुखमा सुपारी चपाई राख्न मन पर्ने हुन्छ । धेरै मान्छेहरुको बानी हुन्छ खाना खाई सकेपछी सुपारी खाने अझ कसै कसैमा त केही खाने कुरा खायो कि सुपारी खाई हाल्नु पर्ने  हुन्छ, त्यो व्यक्तिमा सुपारीको लत नै बसी सकेको हुन्छ ऊ सुपारी नखाई बस्न नै सक्दैन । थोरै सुपारी सेवन गर्दा स्वास्थ्यलाई असर नगरे पनी धेरै सुपारी सेवन गर्दा स्वास्थ्यलाइ बिस्तारै नकरात्मक असर पुर्यारहेकाे हुन्छ  । 

सुपारी पनी भिन्न भिन्न परिकारमा उपलब्ध हुन्छन् । जस्तै मधु ,गुट्का,पान आदि सबै सुपारीका परिकार हुन् । यसको लत धेरै मानिसहरुमा हुने गर्छ । यसकाे सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न खालका खतरानाक रोगहरु उत्पन्न गरिरहेकाे हुन्छ  । ति रोगहरु के–के हुन् तल दिईएको छ । 

null

– मुटुरोग : सुपारीको सेवनले मानिसमा मोटोपना बढाउँछ । यसले गर्दा मुटुमा विभिन्न खालका समस्याहरु देखा पर्छन् । यसको बढी सेवन गर्नाले मानिसलाई हृदयघात पनि हुने गर्छ । 

– क्यान्सर : सुपारीको सेवन धेरै गर्ने मानिसमा मुखको क्याम्सर हुने सम्भावना बढी हुन्छ । यसले हाम्रो मुखको नालीमा पनि संक्रमण गर्छ जसको कारण हामीलाई मुखको नलीको पनि क्यान्सर हुने गर्छ । 

– रसायनिक प्रतिक्रिया : अन्य औषधी तथा हर्वलसित मिसिएको अवस्थामा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ । यसले औषधीको प्रभावकारीतामा समेत ह्रास  ल्याउँछ । 

– दाँतको समस्या : निरन्तर रुपमा सुपारी चपाउने मानिसहरुको दाँतत खिँइदै जान्छ । यसले दाँतको जरालाई कडा बनाउँछ र गिजामा संक्रमण गर्छ । यस कारण दाँतमा विभिन्न खालका समस्याहरु आउने गर्छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *