पुरुष फुटबलमा एपीएफलाई कास्य पदक

बैशाख ११, नेपालगञ्ज । पुरुष फटबल आठौँ राष्ट्रिय खेलकुट अन्तर्गत प्रदेश नं. ५ लाई हराउँदै एपीएफ क्लबले कास्य पदक हासिल गर्न सफल भएको छ । 

 

एपीएफ क्लबले प्रदेश नं. ५ लाई ७–१ गोलले हराउँदै कास्य पदक हासिल गर्न सफल भएको हो । खेल शुरु भए लगतै एपीएफले गोल गर्ने अवसर पाएको थियो । तर एपीएफले धेरै राम्रा–राम्रा गोल गर्ने मौकाहरु चुकाएका पनी थिए । 

null

एपीएफको तर्फबाट आशिष लामाले ५०, ५८ र ८३ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरी जित हासिल गर्न सहयोग गरेका थिए । यस्तै प्रविण स्याङतानले १२ र ८५ मिनेटको समयमा दुई गोल गरेका थिए । जितलाई फराकिलो पार्ने क्रममा प्रदीप लामाले ४३ र रमेश डंगोलले ४५ मिनेटमा गोल गर्न सफल भएका थिए 

त्यस्तै प्रदेश नं. ५ ले एक गोल गर्न मात्र सफल भएक थिए । प्रदेश नं. ५ को तर्फबाट विनोद केसीले पेनाल्टीमा ८ मिनेटमा एक गोल गरेका थिए । ५ नम्बर प्रदेशले एपीएफले डीएरियामा फल गरेपछि उक्त पेनाल्टी गर्ने मौका पाएको थियो । विनोदले आफैले हानेको पेनाल्टीमा किपरले फर्काएको बललाई जाली छुन सफल भएको थियो । 

एपीएफले यो जित हासिल गर्दै लिग चरणमा ५ नम्बर प्रदेशले आफूलाई हराएको हिसावबरावर गरेका छन् । समूह ‘क’मा रहेका यी दुई टोली लिगमा भिडन्त हुँदा प्रदेश नं. ५ ले बिजय हासिल गरेको थियो । लिग भिडन्तमा एपीएफलाई प्रदेश नं. ५ ले ३–२ गोलले हराएका थिए । 

आज सम्पन्न भएको खेलमा शुरुवात समय देखी नै एपीएफले दबावमा पारेका प्रदेश नं. ५ ले भने आज खेल राम्रो प्रर्दशन गर्न  सकेनन् । 

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङका अनुसार आज एपीएफको टीमले आज धेरै राम्रो खेल प्रदर्शन गरेको थियो । त्यस्तै प्रदेश नं. ५ का प्रशिक्षक सानु तामाङले शुरुदेखि नै तालमेल डगमगाउँदा धेरै गोल खाई हार व्यर्होनु परेको बताएका छन् । 

मध्यान्तर अघि तीन गोल गर्न सफल भएको एपीएफले मध्यान्तर पछि चार गोल थपि यो जित हासिल गरेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *