नेपालमा किन रोकियो बलिउड चलचित्र ‘कलंक’ ?

 

बैशाख ४, काठमाडौं । चलचित्र विकास बोर्डले बुधबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘कलंक’ शुक्रबारका लागि सारेको छ । 

निर्माता संघले शुक्रबार बाहेक अरु दिन विदेशी चलचित्र रिलिज हुँदा नेपाली निर्माता मर्कामा परेको भन्दै चलचित्र विकास बोर्डलाई पत्र काटेपछि बोर्डका अध्यक्ष केशव भट्टराईले ‘कलंक’ को रिलिज डेट शुक्रबारका लागि सारेका हुन् । 

null

आजदेखि विश्वका धेरै देशमा एकसाथ रिलिज भएको ‘कलंक’ नेपालमा रिलिज नहुँदा कति निर्माताले खुशी व्यक्त गरेका छन् भने कतिले आक्रोश पोखेका छन् । 

कतिपय निर्माताले भने आफ्नोे चलचित्रको व्यवसायलाई असर नपुगोस् भन्ने ध्येयले यस्तो कदम चालेको पनि बोर्ड अध्यक्ष भट्टराईलाई आरोप लगाएका छन् । गत शुक्रबारबाट रिलिज ‘यात्रा’ बोर्ड अध्यक्ष भट्टराइले निर्माण गरेको चलचित्र हो । ‘ए मेरो हजुर ३’ पनि गत शुक्रबार नै रिलिज भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *