आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिवलमा पुलिस र एपीएफलाई स्वर्ण

बैशाख ११, नेपालगञ्ज ।  आठौँ राष्ट्रिय खेलकुद प्रयोगिता अन्तर्गत सम्पन्न भलिवल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले स्वर्ण हात पार्न सफल भएका छन् ।  

 

पुरुषतर्फ पुलिस क्लवले आर्मीलाई हराउँदै लगातार दुई सेट जितेर स्वर्ण पदक हात पार्न सफल भएको हो । पहिलो सेटमा पुलिस क्लवले २५–१८ ले जितेता पनी दोस्रो सेटमा २३–२५ ले हारेका थिए । त्यसपछि लगातार पुलिसले तेस्रो सेट २५–२० र चौथो २५–१८ ले जितेका हुन् । 

null

साथै महिला भलिवल तर्फ सशस्त्र प्रहरीको एपीएफले प्रदेश नं. ३ लाई हराउँदै स्वर्ण हासिल गरेका हुन् । एपीएफले गण्डकीलाई २५–११, २५–३ र २५–१९ ले हराएका हुन् । 

त्यस्तै एपीएफले पुरुषतर्फको र नेपाल पुलिसले महिलातर्फ कास्य पदक पाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *