युरोपेली फुटबल महासंघले रोनाल्डोलाई गर्‍यो कारवाही

एजेन्सी । युरोपेली फुटबल महासंघले युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई कारवाही गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टर फाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुशियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेको भन्दै कारवाही गरिएको हो । 

 

रोनाल्डोले एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीसामु गएर गुप्ताङ्गतर्फ इशारा गरेका थिए । यसअघि पहिलो लेगमा एट्लेटिकोले युभेन्टसविरुद्ध २–० को जित निकाल्दा प्रशिक्षक सिमोनीले त्यस्तै प्रकारको सेलेब्रेसन गरेका थिए । महासंघले रोनाल्डोको हाउभाउबारे आउँदो बिहीबार सुनुवाइ हुने जनाएको छ । 

null

 

रोनाल्डोमाथि के कारबाही भएको हो त्यो भने खुलाइएको छैन । यस्तै हर्कत गरेका कारण एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनीलाई २० हजार युरो जरिवाना गराइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *