बंगलादेशको न्यूजिल्याण्ड यात्रा रद्द: खेलाडीले भने, ‘यस्तो कहिल्यै देखेका थिएनौँ’

 

चैत १, काठमाडौँ । बंगलादेश–न्यूजिल्याण्डबीचको तीन म्याचको सिरिजको अन्तिम परिक्षण १६ मार्चमा तय गरिएको थियो । तर न्यूजिल्याण्डमा दुई वटा मस्जिदमा गोलाबारी भएपछि बंगलादेशका क्रिकेट टीमको न्यूजिल्याण्ड यात्रा रद्द गरिएको छ । 

न्यूजिल्याण्ड क्रिकेट बोर्डले यसको जानकारी दिएको हो । खेलाडीले यस्तो घटना कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । गोलाबारी घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ । यद्यपी बंगलादेशका क्रिकेट टीमका खेलाडी सबै सुरक्षित छन् । 

null

बंगलादेशको न्यूजिल्याण्ड यात्रा १० फेब्रुअरीदेखि २० मार्च सम्म थियो । न्यूजिल्याण्ड क्रिकेट बोर्डले यस घटनाबाट प्रभावित भएका परिवारप्रति संवेदना प्रकट गरेको छ । 

बोर्डले क्रास्टचर्च परिक्षण म्याच रद्द गर्ने निर्णय गरेको छ । समाचार ऐजेन्सीका अनुसार बंगलादेशी टीमका केही खेलाडी सदस्य शुक्रबारको नमाजका लागि बसबाट मस्जिद नजिकै जाँदै थिए । उनीहरुको बस मस्जिद नजिकै पुगेको थियो, तब यस्तो घटना भएको थियो । अहिले टीम फर्केर आफ्नो होटल पुगिसकेको छ । 

बंगलादेशी क्रिकेटर तमीम इकबालले ट्वीट गर्दै भने, ‘हमलाबाट पुरा टीम सुरक्षित छ । यो एक भयावह अनुभव रह्यो । हाम्रो लागि प्रार्थना गर्नुहोस् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *