लालिगुँरास सामुदायिक बन उपभोक्ताकाे बार्षिक साधारणसभा सम्पन्न

चैत्र १३, बौनिया । लालिगुँरास सामुदायिक बन उपभोक्ता समूहको चौथो बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भीमबहादुर कुँवरको अध्यक्षता भएको साधारणसभा सम्पन्न भएकाे थियाे ।  

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउँदले सामुदायिक बन समूहको नवनिर्मित भवनको उद्घाटन समेत गरे । सो अवसरमा बोल्दै साउँदले बनजंगल बिकासको मेरुदण्ड भएको बताए । प्रदेश सरकारको मातहतमा राष्ट्रिय बन रहेको भन्दै यसको अभिभावक प्रदेश सरकार र सामुदायिक बनका स्थानीय उपभोक्ता रहेको बताए । 

प्रदेश सरकारले वातावरण सम्बन्धि विधेयक पारित गरिसकेको बताउदै बन वातावरण संरक्षण सम्बन्धि प्रदेश सरकार ऐन, नियम निर्माणको क्रममा रहेको उल्लेख गरे । बिकासका लागि जनप्रतिनिधि भन्दा बाहिर सबैले हातेमालो गरेर अगाडी बढ्न जरुरी रहेको साउँदले बताए । साधारणसभामा सामुदायिक वन दर्ता भएको लामो समय भैसक्दा पनि स्थानीय उपभोक्ताको भावना अनुसार अपेक्षाकृत काम गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरेका छन् । कार्यक्रम बोल्ने वक्ताले बन संरक्षणको अधिकार पाएको बन समूहका पदाधिकारीले समुचित ब्यवस्थापन र उपयोग गर्न नसकेको आरोप लगाएका थिए 

null

यस्तै, वडासदस्य कोकिला खत्रीले मनोमानी रूपमा सामुदायिक बनले पूर्जी दिने कार्य उपयुक्त नभएको बताइन् । उनले नियम र सिस्टम अनुसार दाउराको पूर्जीदिनुपर्नेमा जोड दिइन् । स्थानीय उपभोक्ताले अधिकार र जिम्मेवारी पाएको महसुस हुने गरि काम गरिनुपर्ने बताइन् । 

  

कार्यक्रम वडाअध्यक्ष कर्ण सुनारले बन सबैको साझा भएकाले हाम्रो हो भन्ने भावनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । एक ब्यक्तिको नभइ बन सबैको साझा सम्पत्ति भन्ने भावना सबैमा हुनुपर्छ वडाअध्यक्ष सुनारले भने-बन हराभरा बनाउनुपर्छ र संरक्षण गर्नुपर्छ भन्ने सबैको दायित्व हो सबैले सोचिराखेको मैले महसुस गरेको छु । लालिगुँरास सामुदायिक बन जिल्लाको बर्दगोरिया गाउँपालिका अन्तर्गत सबैभन्दा पुरानो सामुदायिक बन रहेको छ । कुल ७ सय ७८ उपभोक्ता संख्या रहेको उक्त सामुदायिक बनको क्षेत्रफल १८०.१४ हेक्टरमा फैलिएको छ । 

कार्यक्रममा वन समूहका कोषाध्यक्ष मनऋषि आचार्यले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/०७४ को ६ लाख १ हजार ८ सय ३६ र आर्थिक वर्ष २०७४/०७५ को कुल ८ लाख ९० हजार ९ सय ८६ रुपैया आयब्यय अनुमोदन गरिएको छ । साधारणसभाबाट पुन: भीमबहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति समेत चयन गरिएको छ । जसको उपाध्यक्ष रवि कुँवर, उपाध्यक्षमा डबल बिक, कोषाध्यक्ष शान्तीदेवी बिक, सचिव पार्वती आचार्य, सहसचिव भेषराज जैसी चयन भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *