घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ पनि

 

चैत १३, काठमाडौँ । सन् २०१९ मा विश्वका घुम्नैपर्ने उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँलाई पनि समावेश गरिएको छ । 

घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने विश्वकै सबैभन्दा ठूलो अमेरिकी ट्राभल साइट ट्रिप एडभाइजर डटकमले काठमाडौँलाई पर्यटकीय गन्तव्यको सूचीमा १९ औँ सूचीमा समावेश गरेको हो । 

null

ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, संग्राहलय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएका कारण हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा गरेको हो । 

बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीय स्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ । 

संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चाैँथाे र इण्डोनेशियाको बाली पाँचौ नम्बरमा छन् । उक्त साइटले घुम्नैपर्ने शहरको सूचीमा दुबईलाई १०औँ र संयुृक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३औँ स्थानमा राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *