भारतीय नं. वान डल्फीन ट्युव पुनः नेपाल भित्रियो

 

चैत्र १४, काठमाडौं । भारतकै नं. एक टुयुव कम्पनी डल्फीनले नेपालमा पुनः विक्री प्रारम्भ गरेको छ । विभिन्न गाडीहरुको टायरमा प्रयोग हुने ट्युवको उत्पादनमा भारतमै नाम कमाएको प्रख्यात कम्पनी डल्फीन रबर लिमिटेडले अरचु इन्टरप्राइजेज मार्फत गुणस्तरीय डल्फीन टुयुव नेपाल भित्र्याएको हो । 

१० वर्ष अघिसम्म नेपालमा डल्फीन ट्युव विक्रि गरेपनि नेपाली डिलरले भने अनुसार मार्केट विस्तार गर्न नसक्दा बन्द भएको थियो । नेपालकै पहिलो टायर गोरखाली टायरको विक्रि वितरण गर्ने प्रतिष्ठित फर्म अरसु इन्टरप्राइजेजले नेपाल भित्राएको डल्फीन टुयुव नेपालको सडकका लागि उपयुक्त भएको दावि गरिएको छ । 

null

बुधबार राजधानीमा डिलर तथा रिटेलरसँग सात्क्षात्कार गर्दै डल्फीन रवर लिमिटेडका चेयरमेन केवलजीत सिंहले विगत २४ वर्षदेखि साना देखि ठूला गाडीसम्मलाई आवश्यक हुने ट्युव कम्पनीले उत्पादन गर्दै आइरहेको जानकारी दिए । 

 

‘हामी विगत २४ वर्षदेखि भारतमा सर्वाधिक ट्युव उत्पादन गर्दै आइरहेका छौं । हरेक वर्ष नयाँ प्रोडक्ट बनाउन र रिसर्च गर्न लागिरहेका छौं ।’ चेयरमेन कवलजीत सिंहले बताए । कम्पनीले १२ वर्ष अगाडी टायर समेत उत्पादन गरेको थियो । पुनः आउँदो अगस्ट देखि टायर पनी उत्पादन गर्ने तयारी समेत कम्पनीले गरेको छ । ‘हाम्रा उत्पादन अन्तराष्ट्रिय स्तरका छन्, नेपालमा पुनः डल्फीन टुयुव ल्याउँदा यहाँको बजार र मुल्यलाई हेरेर सर्वसुलभ मुल्यमा दिनेछौं ।’ उनले भने । 

चेयरमेन सिंहले सिएट र एमआरएफको दाँजोमा डल्फीन ट्युवको क्वालिटी उच्चस्तरीय रहेको दावि गर्दै भने–‘हामी दावि गर्न सक्छौं भारतीय टुयुव कम्पनीमा हामीले जत्तिको क्वालिटी र क्वान्टिटी कसैले दिन सकेको छैन । धेरै कम्पनीहरु बाहिरी कम्पनीबाट टुयुव उत्पादन गर्छन् हाम्रो आफ्नै प्लान्ट छ ।’ 

 

अरसु इन्टरप्राइजेजका प्रोपाइटर अमृत श्रेष्ठले डल्फीन ट्युव उच्चस्तरीय, किफायती र नेपाली सडक सुहाउँदो भएकोले नेपाल भित्राइएको बताए । यस अघि २५ वर्षसम्म गोरखाली टायरको अधिकृत विक्रेता रहिसकेका श्रेष्ठले भारतीय बजारमा एकछत्र राज गर्न सफल डल्फीन ट्युव नेपाली उपभोक्ताको रोजाइमा पर्न सक्ने दावि गरे । ‘डल्फीन ट्युवको आफ्नै विशेषता छ, भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, इजिप्ट जस्ता देशमा अत्याधिक रुचाइएको छ । नेपालमा पनि पहिला राम्रो सेल भएको थियो ।’ उनले भने । 

डल्फीन भारतका नर्थ विहार, इष्ट बंगाल जस्ता प्रमुख क्षेत्रमा बजार हिस्सा ओगटेको छ । डल्फीन टुयुव अन्य टुयुवको तौल धेरै हुन्छ । डल्फीनको कुनै एउटा लेवलको ट्युव ५ सय २० ग्राम हुँदा अन्य कम्पनीको ट्युवको तौल बढिमा ४५० ग्राम मात्र हुन्छ । कम्पनीले डल्फीन ट्युव नेपालको प्रमुख राजमार्ग देखि भित्री सडकमा समेत उत्तिकै किफायती हुने दावि गरेको छ । 

अरचु इन्टरप्राइजेजले केहि महिनामै डल्फीन ट्युव देशका प्रमुख शहरमा पुर्याउने योजना रहेको बताएको छ । डल्फीन ट्युव सन् १९९७ देखि भारतमा उत्पादन हुँदै आएको छ । यसको मुख्य उद्योग भारतको लुधियानमा रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *