आफूलाई फिट राख्न स्याउको चिया पिउँनुहोस् र यसरी बनाउँनुहोस्

 

चैत्र १० । स्याउ भन्ना साथ एउटा स्वादिष्ट फल अनि हाम्रो शरिरलाई एकदम आवश्यक पर्ने फलफुल भन्ने बुझिन्छ । स्याउ खान धेरैले मन पराउँछन् । दैनिक एउटा स्याउ सेवन गर्दा हाम्रो स्वास्थ्यलाई धेरै फाईदा पुर्याउँछ । स्याउको रक्सी, स्याउको साबुन त धेरैले सुनेको होला तर स्याउको चिया ? धेरैलाई अचलम्मको बिषय बन्न सक्छ स्याउको चिया । हो स्याउबाट चिया पनि बन्छ । आफूलाई फिट अनि सुन्दर राख्नु चाहनु हुन्छ भने स्याउको चिया पिउनु आवश्यक छ । तपाई पनि आफूलाई फिट र सुन्दर राख्न चाहनुहुन्छ भने आजैबाट स्याउको चिया पिउँनुहोस् । स्याउको चिया त पिउँने तर कसरी बनाउँने ? बनाउँने तरिका र यसबाट हुने फाईदा तल दिईएको छ । 

। 

null

स्याउको चिया बनाउने तरिका : स्याउको चिया बनाउनको लागी एउटा स्याउ, तीन कप पानी , एक चम्चा कागतीको रस, चियापत्ति र चीनीको आवश्यकता पर्दछ । कुनै एउटा भाडामा पानी, कागतीको रस र चियापत्ति राख्नुहोस् । यसलाई केही समय उमाल्नुहोस् । अब काटेको स्याउलाई उमालि रहेको मिश्रणमा राख्नुहोस् र पाचँ मिनेट सम्म उमाल्न दिनुहोस् । त्यसपछि यसमा चिनी राख्नुहोस् । यसरि स्याउको चिया तयार गर्न सकिन्छ । 

स्याउको चिया पिउनुका फाइदाहरु 

– स्याउको चिया पिउनाले कपाल लामो हुन्छ र कपालको रङ गाढा बनाउछ । 

– स्याउको चिया पिउनाले पूर्ण रुपमा भिटामिन प्राप्त हुनुका साथसाथै तौल घटाउछ । 

– स्याउको चिया पिउनाले पाचन प्रत्रियाको माध्यमबाट विषाक्त पदार्थहरुलाई बाहिर निकाल्नको लागी मदत गर्दछ र शरिरका कोषिकाहरुको आक्सीडेटिव स्टेसबाट बचाउन मदत गर्दछ । 

– स्याउमा प्राप्त हुने विभिन्न प्रोटिनहरुले पाचन शक्तिलाई बढाउछ र शारिरको तौल घटाउन सहयोग पुग्दछ । 

– स्याउको चिया पिउनाले मानिसको शरिरमा भएको ब्लड सुगरको कन्ट्रोल गर्न मदत गर्दछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *