‘ए मेरो हजुर ३’ मा यस्तो छ अनमोल र सुहानाको भूमिका (ट्रेलरसहित)

 

चैत १५, काठमाडौँ । चैत्र २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ । 

नायिका झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र प्रेमकथामा आधारित छ । 

null

ट्रेलरमा अनमोलको दुई वटा भूमिका देखिन्छ भने सुहानालाई उनको फ्यानको रुपमा प्रस्तुत गरिएको छ । झरना थापाले निर्माण गरको चलचित्रलाई सुनिल कुमार थापाले निर्देशन गरेका हुन् । 

चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =