लक्ष्य प्राप्तिका लागि सबैको सहकार्य आवश्यक छः मुख्यमन्त्री गुरुङ

 

फागुन २८, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताएका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उनले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताए । ‘एक्लाएक्लै हिँडेर लक्ष्य प्राप्त हुन सक्दैन’, मुख्यमन्त्री गुरुङले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहले गर्ने काममा सहकार्य र सहमति आवश्यक छ ।’ 

null

गण्डकीलाई समृद्ध र अब्बल प्रदेश बनाउने कुरा सरकारको मुख्य प्राथमिकतामा रहेको र त्यो पर्यटनबाट सम्भव रहेको उनको भनाइ थियो । उनले प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउनु सबै स्थानीय तहको कर्तव्य भएको बताए । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताए । 

निजी क्षेत्रलाई आकर्षित गर्न प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनी प्रदेशको प्रवेशद्वार भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *