मनाङमा भारी हिमपात, पानी जम्दा खानेपानीको अभाव

माघ २४, काठमाडौँ । मनाङमा बुधबार रातिदेखि भारी मात्रामा हिमपात भएको छ। 

मनाङमा बुधबार रातीदेखि निरन्तर हिउँ परिरहेको छ । हिमपात र वर्षापछि त्यहाँकाे तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ । 

हिमपातका कारण त्यहाँका सरकारी कामकाज समेत ठप्प भएका छन्। घर तथा कार्यालयबाट बाहिर निस्कन सक्ने अवस्था समेत छैन । सडकमा ५ फिटसम्म हिउँ जमेपछि यातायात पनि ठप्प छ । हिमपातले पानी जम्दा खानेपानीको अभाव हुन थालेको छ बताइएको छ । 

null

मनाङको टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा भारी मात्रामा हिमपात भएको छ। चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर वर्षा भैरहेको छ । 

मनाङका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार हिमपातबाट अप्रिय घटना नभए पनि विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =